भरतपुर महानगर अपडेट : रेणुलाई करिब २२ सय मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । 

अहिलेसम्मको मत परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले आफ्ना प्रतिस्पर्धीभन्दा २१ सय ९८ मत सहित अग्रता कायमै राखेकी छन् । 

ताजा मत परिणाम अनुसार रेनुले ११ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका विजय सुवेदी ९ हजार ५१८ मत ल्याएका छन् ।

उता, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५१ सय ४७ मत ल्याएका छन् । अहिलेसम्म ३१ हजार ६९३ मत गणना भएको छ ।

 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १९:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया