रोल्पाका दशवटै पालिकाको मतगणना सकियो, यस्तो आयो नतिजा

रोल्पाका दशवटै पालिकाको मतगणना सम्पन्न भएको छ । 

आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् । 

रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भएका छन् । 

थापाघर्तीले सात हजार ६३० ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याए । 

उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ प्राप्त गरिन् ।

थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भइन् । ऋषिकेशव दुई हजार १२२ मतसहित निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी दर्जित रोकामगरले एक हजार ५०६ मत प्राप्त गरे  । उपाध्यक्षमा शर्मिला बुढामगर दुई हजार १२२ मतले निर्वाचित भइन् । 



सुनिल स्मृति गाउँपालिकामा छ हजार ६२ मत ल्याई मणिराम बुढाथोकी विजयी भए । उपाध्यक्षमा मीना थापाले छ हजार ३७ मत ल्याएर निर्वाचित भइन् । 

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर तीन हजार ४३९ मतका साथ विजयी भए भने उपाध्यक्षमा ननकला घर्ती मगर तीन हजार ४९२ मत प्राप्त गरी निर्वाचित भइन् ।



माडी गाउँपालिकामा अमरसिंह घर्ती तीन हजार ८३० मतसहित विजयी बने । उपाध्यक्षमा जयपुरी घर्ती तीन हजार ९६६ मत प्राप्त गरी निर्वाचित भइन् । 

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कणर्बहादुर बाँठामगर पाँच हजार ८५ मत ल्याएर विजयी भए । उपाध्यक्षमा कांग्रेसका लेखमणि खड्काले चार हजार ५७६ मत ल्याई निर्वाचित भइन् । 

त्यसैगरी गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले अध्यक्षमा दुई हजार ५५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित भए । उपाध्यक्षमा अमृता केसी वली दुई हजार ९०९ मतका साथ विजयी भए ।

  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १९:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया