हेटौंडामा मीनाको ६ सय मतको अग्रता, पछ्याउँदै राप्रपाका दीपक
फाइल तस्वीर

हेटौंडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले निरन्तर अग्रता बनाएकी छन् ।

उनले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहभन्दा ६२७ मतले लिडिङ गरिरहेकी छन् ।

मेयर पदमा ४२ हजार १९० गणना सकिँदा लामाले १३ हजार ६९८ मत पाएकी छन् ।

यस्तै, राप्रपाका उम्मेदवार सिंहले १३ हजार ६२ मत पाउदा एमालेका उम्मेदवार अनन्त पौडेल १२ हजार ६०१ मत पाएका छन् ।

यसैगरी उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले  २० हजार ६०६ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १५ हजार २६० मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १९:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया