धरान उपमहानगर फेरि स्वतन्त्र उम्मेदवार हर्कराज अगाडि आए

धरान उपमहानगरपालिकाको मत गणना जारी छ । 

ताजा मतपरिणामअनुसार धरानमा फेरि स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार राईले निकटम प्रतिद्वन्द्वीभन्दा १४ मत बढी ल्याएका छन् ।

उनले ८ हजार १४० मत ल्‍याउँदा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशाेर राईले ८ हजार १२६ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जुदेवी भण्डारीले ६ हजार ११३ मत प्राप्त गरेकी छन् ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ९ हजार १३५ मतका साथ अग्रता लिँदा एमालेका पदमप्रसाद लिम्बूले ८ हजार ८५१ मतसहित पछ्याइरहेकी छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २०:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया