स्याङ्जाको वालिङमा मेयर एमाले उपमेयर कांग्रेस

स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा (एमाले) र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।  प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । 

खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन् । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ मत पाए ।

यस्तै, उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए ।

१४ वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । विसं ०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो । कुल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कुल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २०:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया