काठमाडौं महानगर अपडेट : बालेन शाहको ८७ सय मतको अग्रता

काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

उनले ताजा मत परिणामअनुसार १८ हजार ४२१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित ९ हजार ६३८ मत प्राप्त गरेका छन् । 

बालेन स्थापितभन्दा ८ हजार ७८३ मतले अगाडि छन् । त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ६१७ मतसहित तेस्रो स्थानमा छिन् । 

यस्तै, उपमेयरमा भने एमालेकी सुनिता डंगाेलकाे मतान्तर फराकिलो देखिएको छ । उनले १७ हजार ८२६ मत प्राप्त गरेकी छन् । अहिले काठमाडौं महानगरको मगणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २०:४७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया