सिके राउतको गृहपालिकामा लोसपाका उम्मेदवार विजयी

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गृहपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष राउतको गृहपालिका सप्तरीको महादेवा गाउँपालिकामा लोसपाका उम्मेदवार विजयी भएका हुन् ।

सो पालिकामा लोसपाका सुनिलकुमार मण्डलले ४ हजार ५७० मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै, जसपाका शिवनन्दन यादवले १ हजार ७४२ मत पाएका छन् ।

सो गाउँपालिकामा जनमत पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चौथो स्थानमा छन् । जनमतका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत मात्र ल्याएका छन् । 

त्यस्तै, उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सषु्माकुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी हुन् । 

त्यस्तै, जसपाकी राखी कुमारी यादवले १ हजार ६९४ मत प्राप्त गरेकी छन् भने जनमतकी ललिताकुमारी मण्डलले १ हजार ५८५ मत मात्र प्राप्त गर्न सफल भएकी हुन् । 

जनमतका अध्यक्ष राउतले मतदान गरेको आफ्नै पालिकामा पनि पार्टीका उम्मेदवारलाई जिताउन सकेका छैनन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया