महोत्तरीको पिपरा गाउँपालिकामा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

जसपाका उम्मेदवार रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका विक्रम चौधरीले २ हजार ५४७ मत मात्र ल्याएका छन् भने नेपाली कांग्रेसका राधा रमण मिश्रले १ हजार ६०३ मत पाएका छन् । 

यस्तै, उपाध्यक्षमा जसपाकी वन्दना पाण्डेय निर्वाचित भएकी छन् । उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेकी ननुकुमारी दासले २ हजार ३४३, नेपाली कांग्रेसकी आशाकुमारी यादवले १ हजार ६३० मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:२४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया