हेटौँडामा मतान्तर बढाउँदै गठबन्धन, ७७३ मतले अगाडि

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयर पदको मतगणना जारी रहेको छ । हालसम्म ४३ हजार ३ सय ७० मत गणना भएको छ । जारी मतगणना अनुसार गठबन्धन तर्फकी उम्मेदवार एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले अग्रता कायम गरेकी छिन् । 

लामाले १३ हजार ३ सय ५८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । मेयर पदका प्रत्यासी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ गठबन्धनका कांग्रेस उम्मेदवार राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १३ हजार ८ सय ७४ तथा राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।

हालसम्म वडा नम्बर १,२,३,६,१६,१७,१८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा अनुसार १,२,३,६,१६ तथा १७ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने १८ र १९ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया