दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी विजयी भएका हुन् ।
मेयरमा चौधरी ३१७२८ मतका साथ विजयी भए । सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २६३६८ मत ल्याए । उपमेयरमा विजयी एमाले उम्मेदवार डिसीले ३०४०३ मत ल्याइन् ।
सत्तागठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३०३५४ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।