स्वतन्त्रबाट लगातार १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकार यसपालि पराजित

ललितपुर महानगरपालिका–१० को वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका उनी यसपालि २८२ मतले पराजित भएका हुन् ।

८१ वर्षीय नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भए । नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकार ८२५ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए ।  

नरसिंहले ५४३ मत ल्याए। व्यञ्जनकारले ‘पुतली’ चुनाव चिन्ह पाएका थिए । आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार बेहोरेका हुन् ।  





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ७:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया