धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडि, एमालेले ३ हजार मत कटायो

कैलालीको धनगढी उपमहानरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७ हजार ५१ मतले अगाडि रहेका छन् । बिहीबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार उनी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा साढे ७ हजार मतले अगाडि रहेका हुन् । 

‘आँप’ चुनाव चिन्हका साथ प्रतिस्पर्धा गरेका हमालले १३ हजार ८२३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत ल्याएका छन् । यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मतका साथ अग्रता कायमै राखेकी छन् ।

एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै, राप्रपा उम्मेदवारले २ हजार १९४ मत ल्याएका छन् ।

बिहीबार विहानसम्म ३० हजार ६९८ मतगणना भएको छ । शुक्रबार भएको निर्वाचनमा ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ । 

सार्वजनिक मत परिणामअनुसार वडा नम्बर १८ बाहेक सबैमा कांग्रेस विजयी भएको छ । उपमहानगरका १९ वडामध्ये अहिले वडा नम्बर ५, ६, ७, १४, १५ र १६ को मतगणना जारी छ ।
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ७:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया