पोखरा महानगरको ५० हजार मतगणना : गठबन्धनको अग्रता कायमै, एमालेका थापा २ हजार मतले पछि

पोखरा महानगरपालिकामा बल्ल एक तिहाइ गणना भएको छ । ३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भइसक्यो । 

यही गतिमा गणना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ । तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।  आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मञ्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन् । उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ९:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया