धरान उपमहानगरमा ‘लौरो’ चिन्हका राईको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता लिएका छन् ।

केही बेरअघि सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।  

एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ८ सय ५८ मत पाएकी छिन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् । 

हालसम्म धरानमा २९ हजार ४६६ मतगणना भएको छ ।
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १०:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया