भरतपुरमा फराकिलो अग्रता बनाउँदै रेनु, जगन्नाथले कटाए ६ हजार मत

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३ हजार ५७ को मतान्तर बनाएकी हुन् ।  

अहिलेसम्म रेनुले १५ हजार १३४ र एमाले–राप्रपाका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २ सय ५३ मत ल्याएका छन् । 

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ र राप्रपाकी हिमला गुरुङले ९ हजार ७ सय ३२ मत ल्याएकी छिन् । अहिले महानगरपालिका–९ र १० को मतगणना भइरहेको छ ।   





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ११:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया