काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी भएका छन् । उनी ९ हजार ४०६ मतका साथ मेयरमा विजयी भएका हुन् ।
०७४ को निर्वाचनमा तामाङ नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका विदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत पाए । मण्डनदेउपुर एमाले नेता गोकुल बाँस्कोटाको गृहपालिका पनि हो ।
यहाँ एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । त्यस्तै, उपमेयरमा कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन् । उनी ११ हजार ३०५ मत प्राप्त गर्दै उपमेयरमा विजयी भए ।
उपमेयरमा पराजित उम्मेदवार एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।