सुनसरीको गढी गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमालेका चौधरी र शाह विजयी

सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशनारायण चौधरी  र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका छन् ।

चौधरी ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याए । उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ ।

एमालेकी उम्मेदवार अनिता साहले ७ हजार ८१५ मत प्राप्त गरिन् । कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर पराजय बेहोरेकी छन् ।

गढी गाउँपालिका–२, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ । हालसम्म देवानगन्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।

यता भोक्राहा नरसिंह गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १२:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया