धनुषाधाम नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेसका मण्डल र भुजेल निर्वाचित
फरकधार / ५ जेठ, २०७९

धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा बालेश्वर मण्डल र उपमेयरमा विद्या देवी भुजेल निर्वाचित भएका हुन् । 



मेयरमा विजयी भएका मण्डलले ४ हजार ७१८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत प्राप्त गरे । 
 
उपमेयरमा कांग्रेसकै भुजेल ४ हजार १२५ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति देवी सुडीनले ३ हजार ६०३ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १३:४५:३३,   अन्तिम अपडेट : जेठ ५, २०७९ बिहीबार १३:४६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया