जनकपुरधाममा साहलाई १९ सय मतको अग्रता, गठबन्धनका लालकिशोर पाँचौं स्थानमा

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणामअनुसार मनोजले ५ हजार ४४८ मत ल्याएर अग्रता कायम राखेका हुन् । 

उनलाई एमालेका शिवशंकर साह हिराले ३ हजार ४९७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले २ हजार ३४० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ५८९ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई १ हजार ५५६ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ३२ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले ६७१ र तमलोपाकी बिभा ठाकुरले ६६१ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ६ हजार १०१, नेकपा एमालेकी रूणा झाले ३ हजार ८७६, लोसपाकी रिताकुमारी मिश्रले २ हजार ४१२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ७९३ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १४:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया