विराटनगर : ६११०३ मत गन्दा मेयरमा नागेश ४९१९ र उपमेयरमा शिल्पा ६९६७ मतले अगाडि
फाइल तस्वीर

विराटनगर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फराकिलो मतान्तर बढाउँदै लगेका हुन् । 

भर्खरै सार्वजनिक मतपरिणामअनुसार ६१ हजार १०३ मत गनिसक्दा कोइरालाले १९ हजार ६२८ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धा एमालेका सागर थापाले १४ हजार ७०९ मत ल्याएका छन् । अहिले कोइराला र थापाको मतान्तर झण्डै पाँच हजार रहेको छ । उनीहरूबीच ४ हजार ९१९ मतान्तर छ ।

त्यस्तै, जसपाबाट विद्रोह गर मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार २५१ मत प्राप्त गर्दा राप्रपाका प्रह्लाद साहले ३ हजार ७८१ मत ल्याएका छन् । 

उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले जसपाका अमरेन्द्र यादवलाई धेरै पछाडि पारेकी छिन् । कार्कीले १६ हजार ९९४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार जसपाका यादवले १० हजार २७ मत मात्र ल्याएका छन् । कार्की अमरेन्द्रभन्दा ६ हजार ९६७ मतले अगाडि छन् ।

राप्रपाकी विन्दा लुइँटेलले ४ हजार ५९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ५८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १५:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया