दुई खेल अगावै टी-२० सिरिजमाथि युगान्डाको कब्जा

घरेलु टाेली नेपालविरुद्धकाे महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज युगान्डाले हात पारेकाे छ ।

युगान्डाले आज सम्पन्न तेस्रो खेलमा ६ विकेटकाे जित हात पार्दै दुई खेल अगावै सिरिजमाथि कब्जा जमाएकाे हाे ।

१०० रनकाे लक्ष्य युगान्डाले १८.२ओभरमा चार विकेट गुमाउँदै पूरा गर्याे ।

युगान्डाका लागि केविन अविनाेले अविजित ४२ रनकाे याेगदान दिइन् । उनले ५१ बलमा चार चाैका प्रहार गरिन् ।

जेनेट एम्बाबाजीले २७ बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुँवरले दुई तथा रूबिना क्षेत्री र इन्दु बर्माले एक/एक विकेट हात पारे ।



यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९९ रन बनाएकाे थियाे ।

नेपालका लागि ज्याेति पाण्डेले सर्वाधिक ४७ रनकाे याेगदान दिइन् । ५४ बलकाे सामना गर्दै उनले पाँच चाैका प्रहार गरिन् ।



कप्तान रूबिना क्षेत्रीले अविजित १८ र सीता राना मगरले १२ रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

युगान्डाका लागि फिओना कुलुमे,कोन्सी अविको र सारा अकिटेंगले दुई / दुई  तथा  जेनेट एम्बाबाजी र रिता मुसामालीले एक/एक विकेट लिए ।

याे जितसँगै पाँच खेलकाे सिरिजमा युगान्डाले ३-० काे अग्रता लिएकाे छ । यसअघि उसले १२ रन र १ विकेटकाे जित हात पारेकाे थियाे । चाैथाे खेल शुक्रबार हुनेछ ।

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १६:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया