गठबन्धन सरकारले देशको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्‍यायो : भीम रावल
फाइल तस्वीर

नेकपा एमालेका सांसद भीम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्याएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको बताए  ।

सांसद रावलले सरकारले नेपाली जनता र देशले सामना गर्नुपरेको समग्र राष्ट्रिय आर्थिक समस्या समाधानतर्फ कुनै उल्लेखीय कुरा अगाडि नसारेको आरोप लगाए ।

उनले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरु लिन्छ भन्ने विश्वास नभएको बताए ।

सांसद रावलले पुँजीगत खर्च बढाउने र विकासको गतिलाई तीव्रता बढाउने खालको अर्थमन्त्रीले नीति ल्याएको खोइ भन्दै प्रश्न गरे ।



निहीत स्वार्थको बलिवेदीमा राष्ट्रिय स्वार्थ र सुरक्षालाई होम्ने गलत नीतिका कारण नेपाल राज्य कमजोर र लुलो बन्दै वर्तमान सरकारले बनाउँदै गएको उनको भनाइ छ ।

उनले अर्थमन्त्रीले ल्याएको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताले कुनै ताप्तिप परिर्वतन नगर्ने दाबी गरे ।  



सांसद रावलले अरुण चौथो जलविद्युत् आयोजना भारतसँग सम्झौता गरिएको भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेको आरोप लगाए ।

अरुण तेस्रो निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए ।

सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा नभएको सांसद रावलले बताए ।

प्रधानमन्त्री देउवाले चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कूतर्क गरेको आरोप लगाए ।

सांसद रावलले वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोणसमेत नभएको बताए ।

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १६:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया