पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?
फाइल तस्वीर

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । 

५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन् । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन् ।  

यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् । 

यसैगरी, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई २३ हजार २१ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन् । 

राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया