स्थानीय निर्वाचन : बझाङका १२ वटै पालिकाको मतगणना सकियो, यस्‍तो आयो नतिजा

बझाङका १२ वटै स्थानीय तहको मतगणना सकिएसँगै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा नेपाली कांग्रेसले ६, नेकपा एमाले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ स्थानीय तहमा जित हासिल गरेका छन् ।

नेपाली कांग्रेसले वित्थडचिर, सुर्मा, मष्टा, खप्तडछान्ना गाउँपालिका, बुङ्गल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । नेकपा एमाले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।

यस्तै, पालिकाको उपप्रमुख पदमा भने नेपाली कांग्रेसले ५, एमालेले २, माओवादी केन्द्रले ३ र समाजवादीले २ स्थानीय तहमा जित हात पारेको छ । नेपाली कांग्रेसले सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, नेकपा एमालेले तल्कोट र साइपाल गाउँपालिका, नेकपा माओवादी केन्द्रले खप्तडछान्ना, मष्टा गाउँपालिकामा र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले बुंगल नलरपालिका र छविस पाथिभेरा गाउँपालिकामा उप जितेको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा विजयी भएसँगै सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी आफ्नो साख जोगाएको छ । स्थानीय तह निर्वाचनका लागि समाजवादीले प्रदेशभर प्रमुख/अध्यक्षमा ४१ र उपप्रमुख/उपाध्यक्षमा ३५ उम्मेदवार उठाएको थियो ।

प्रदेशसभामा ठूलो दल भए पनि स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा निकै कमजोर देखिएको छ । प्रदेशका अन्य जिल्लामा प्रमुख उपप्रमुख पदमा निर्वाचित हुन नसकेको समाजवादीले बझाङमा भने एउटा गाउँपालिका अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित हासिल गरेको छ । नयाँ पार्टी भएको र निर्वाचनका बेला गठबन्धनको भरमा निर्वाचनमा होमिनु र समय अभावका कारण चुनाव चिन्हलाई जनतामाझ लग्न नसकेकाले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको समाजवादीका नेता बताउँछन् ।

जिल्लाका ९४ वडामध्ये नेपाली कांग्रेसले ३१ नेकपा एमालेले २७ नेकपा माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर ८ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।



कांग्रेसले जितेका पालिका

१) जयपृथ्वी नगरपालिका- प्रमुख कांग्रेसका चेतराज बजाल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रतन सिंह



२) बुंगल नगरपालिका प्रमुख कांग्रेसका जयबहादुर धामी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा

३) मष्टा गाउँपालिका अध्यक्ष कांग्रेसका ज्ञानबहादुर बोहरा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्क धामी

४) खप्तडछान्ना गाउँपालिका अध्यक्ष कांग्रेसका उत्तम रोकाया र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु थापा

५) बित्थडचिर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवैमा कांग्रेसका अम्मरसिंह महर र लक्ष्मी मल्ल

६) सुर्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष कांग्रेसका खडकबहादुर बोहरा र रमलाकुमारी मण्डेल पुजारा

एमालेले जितेका पालिकाहरू

१) साइपाल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष एमालेका मानबहादुर बोहोरा र डोल्मा तामाङ

२) थलारा गाउँपालिका अध्यक्ष एमालेका प्रकाश रोकाया र उपाध्यक्षमा कांग्रेसका राम खाती

३) तलकोट गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवैमा एमालेका कलकबहादुर रोकाया र पार्वती भण्डारी

माओवादीले जितेका पालिका

१) दुर्गाथली गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका दिलबहादुर थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका जनक दौल्याल

२) छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष माओवादी केन्द्र बसन्त चलाउने र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मण बोहरा

एकीकृत समाजवादीले जितेका पालिकाहरु

१) केदारस्युँ गाउँपालिका अध्यक्ष  एकीकृत समाजवादीका गणेश बोहरा र उपाध्यक्ष नेपाली कांग्रेसकी मनिषा धामी

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया