मकवानपुर : पाँचवटा पालिकाका नवनिर्वाचित अध्यक्षले लिए शपथ

मकवानपुरका ५ पालिकाका अध्यक्षले बिहीबार शपथ लिएका छन् । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ गराएका हुन् । 

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सपथ लिएका छन् । 

जिल्ला न्यायाधीशबाट पालिकाका अध्यक्ष तथा प्रमुखले शपथ लिएपछि पालिकाका अध्यक्ष वा प्रमुखले पालिकाको उपाध्यक्ष वा उपप्रमुखसहित वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनेछन् ।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका पालिकाको हकमा कार्यपालिका गठनलगायतका थप काम सम्पन्न गर्न केही पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै शपथ ग्रहणको कार्यक्रम गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया