कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा एमालेको वर्चश्व
वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा निर्वाचित मोहनमाया भण्डारी (दायाँ) र उपप्रमुख पदमा निर्वाचित नीलकण्ठ खनाल (बायाँ) ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले बहुमतका साथ निर्वाचित भएको छ ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रमुख तथा उपप्रमुख दुवै पदसँगै नगरका ११ वटा वडामा आफ्नो बहुमतसहित एमालेका उम्मेदवार विजयी भएका छन् । 

नगरपालिकाका २, ३, ४, ५, ८, ९, १०, ११, १२, १४ र १६ नम्बर वडामा एमाले निर्वाचित भएको छ । नगरमा दोस्रो दलका रूपमा देखिएको कांग्रेसले भने १, ६, ७, १३ र १५ नम्बर वडामा निर्वाचित भएको छ । वीरेन्द्रनगर नगरपालिकामा १६ वटा वडा छन् ।

वीरेन्द्रनगरको नगरप्रमुखमा एमालेका उम्मेदवार मोहनमाया भण्डारी निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा ५५४ मतान्तरका साथ एमालेकी भण्डारी निर्वाचित भएकी हुन् । 

भण्डारीले १६ हजार ३८ मत ल्याएकी छिन् भने कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएका थिए । भण्डारी यसअघि नगरको उपप्रमुख पदमा थिइन् ।

यसैगरी, नगरको उप–प्रमुख पदतर्फ एमालेका उम्मेदवार नीलकण्ठ खनाल निर्वाचित भएका छन् । उनले सर्वाधिक २० हजार ३६४ मत ल्याएका थिए । खनालका प्रतिद्वन्द्वी दलीय गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार शान्ति ढकालले ११ हजार पाँच सय ३३ मत ल्याएकी थिइन् ।



यता वडागत रूपमा एमाले तर्फबाट नगरको २ नम्बर वडामा गजबहादुर बुढाक्षेत्री, ३ मा विनोदसिंह विष्ट, ४ मा शेरबहादुर केसी, ५ मा लोकबहादुर शाही, ८ मा टीकाराम शर्मा, ९ मा ऋषि गिरी, १० मा डिलबहादुर रखाल, ११ मा खिमलाल देवकोटा, १२ मा चूडामणि चपाई, १४ मा देवबहादुर रोकाय र १६ मा डण्डबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया