धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ८ हजार मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन् । उनी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ हजार ९६ मतले अगडि रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४१५ मत पाएका छन् । यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १२३ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मत पाएका छन् ।हमाल र वडबीच ८ हजार २९२ मतको अन्तर छ । 

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन् । 

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । यसमा ३५ हजार ८९४ मतगणना सम्पन्न भएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया