नगराइनमा कांग्रेसका उम्मेदवार विनयको अग्रता कायमै

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनयकुमार यादवले अग्रता कायमै राखेका छन् ।

नगराइन नगरपालिका वडा नम्बर–१ देखि ७ सम्मको अहिलेसम्मको ताजा मतपरिणामअनुसार विनयले ४ हजार २८१ मत ल्याएर अग्रता कायम राखेका हुन् ।

विनयले ४ हजार २८१ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पञ्जियारले ३ हजार ९६७ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले २ हजार ४६३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जुकुमारी साहले ४ हजार ३५२, नेकपा एमालेकी राधादेवी यादवले ४ हजार ३१ र लोसपाका उम्मेदवार उर्मिलादेवी मण्डलले १ हजार ७६४ मत ल्याएकी छन् । अहिले वडा नम्बर–८ र ९ को मतगणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया