प्रस्तावित राजदूतद्वय सुवेदी र पोखरेल संसदीय सुनुवाइमा

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् । 

बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै उनले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताए । 

साउदी अरेबियासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्ने उनले बताए । प्रस्तावित राजदूत सुवेदीले जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेसनल फोरम र साउदी अरेबियासँग छलफल गर्ने बताए । 

त्यस्तै, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत कैलाशराज सुवेदीले दुवै देशको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताए । व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको उनले सुनाए । पोखरेलले नेपाल र अस्ट्रेलियाबीच सीधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने बताए । 

पर्यटकहरु र नेपाली विद्यार्थीलाई यसले धेरै सहयोग पुग्ने अपेक्षा राखेको उनले बताए । उनले अस्ट्रेलियाले केही देशमा विद्यार्थीलाई कृषिमा भिसा दिइरहेकाले नेपाली विद्यार्थीलाई पनि त्यस्तो भिसा दिन विशेष पहल गर्ने बताए । 

पोखरेलले अस्ट्रेलिया आसपास रहेका स–साना (भानुआटु, टुभालु, सोलोमन, आइल्याण्ड र सामोआ) जस्ता राज्यका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि केही छात्रवृत्ति दिएर सम्बन्ध बिस्तार गर्ने योजना रहेको पनि बताए । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया