एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । 

अध्यक्ष शेर्पाले भने, ‘भोलि (शुक्रबार) अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने । 

यसअघि ०७४ जेठमा कर्मा पहिलोपटक एन्फा अध्यक्षको रूपमा निर्वाचित भएका थिए । 

तर, यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्रतिद्वन्द्वी रूपमा उत्रने तयारी गरेका छन् । उनले भने हालसम्म घोषणा गरेका छैनन् । 

एन्फा चुनाव आगामी ६ असारमा हुँदै छ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया