भरतपुर मतगणना अपडेट : कसले कति पाए मत ?

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । 

दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका छन् । 

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १९:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया