काठमाडौंको महाराजगंजस्थित कान्ति बालअस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा आएको छ । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरेको हो ।
बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरे । चौधरी फाउण्डेसनले अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेसँगै सो आकस्मिक कक्ष सञ्चालनमा आएको हो ।
आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे फाउन्डेसनले जनाएको छ । इमर्जेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाइएको बताइएको छ ।
फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शय्यासहित २५ शय्या, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामग्री पनि अस्पताललाई उपलब्ध गराएको जानकारी गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।