महोत्तरीको बर्दिबास नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् । बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन् ।
क्षेत्री १४ हजार २१० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका टेक बहादुर बलम्पाकीले ३ हजार ५२६ र नेपाली कांग्रेसका चिरञ्जीवी हमालले १ हजार २६३ मत ल्याएका छन् ।
उपमेयरमा स्वतन्त्र उम्मेदवार तारादेवी ९ हजार ७३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १८५, नेकपा एमालेकी दुर्गाकुमारी दहालले ४ हजार ८०३ र नेपाली कांग्रेसकी अमिनाकुमारी महतोले १ हजार ७८५ मत प्राप्त गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।