बालेनको मत साढे २४ हजार नाघ्यो, स्थापितसँग ११ हजार ३७२ को मतान्तर

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार साहको मत साढे २४ हजार नाघेको छ । ६५ हजार ४२७ मत गन्दा बालेनले २४ हजार ६१८ मत पाएका छन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ११ हजार ३७२ मतले अगाडि छन् । साहलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १३ हजार २४६ मत पाएका छन् ।  

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३०७ मत ल्याएकी छन् । अहिले वडा ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मत गणना जारी छ । त्यस्तै वडा नम्बर १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २१:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया