उमेश बचाउ अभियानको हिसाब सार्वजनिक

पाकिस्तानी नागरिकको हत्या आरोपमा १४ वर्ष साउदमै जेलमा रहेका उमेश यादवलाई घर फर्काउनका लागि लागेको खर्चको हरहिसाब सार्वजनिक गरिएको छ । 

उमेश बचाउ अभियानको नेतृत्व गरेका सरोज रायले उमेश घर फर्केको २ वर्षपछि एक पत्रकार सम्मेलन गर्दै सो अभियानमा लागेको खर्चको हरहिसाब सार्वजनिक गरेका हुन् ।
 
उनले सार्वजनिक गरेको हिसाबअनुसार उमेश बचाउ अभियानमा कुल ५० लाख ७० हजार ९६१ रुपैयाँ खर्च भएको थियो । जबकि सो अभियानका लागि कुल ५८ लाख ४४ हजार ६४१ रुपैयाँ संकलन गरिएको थियो । रायका अनुसार अभियानको क्रममा संकलन गरिएको रकममध्ये ७ लाख ७३ हजार ६७९ रुपैयाँ अझै पनि ग्रोविङ नेपाल फाउण्डेसन नामक संस्थाको खातामा रहेको जानकारी दिए । यद्यपि, सो संस्थाको अडिट नगरिएकोले संस्थाको खाता चालू अवस्थामा नरहेको उनले बताए । 

रायले सार्वजनिक गरेको खर्चमा ब्लड मनीबापत पाकिस्तानी नागरिकको परिवारलाई ३० लाख रुपैयाँ, पाकिस्तान तथा साउदी अरब जान–आउन पटक–पटक गरी लागेको खर्च १२ लाखभन्दा बढी रुपैयाँ, उमेश बचाउ अभियानका लागि देशभित्रै गरिएको खर्चलगायतका खर्च सामेल गरिएको छ ।
 
आफूले उमेशलाई बचाउनका लागि निःस्वार्थ रुपमा लागे पनि विभिन्न टीकाटिप्पणी हुन थालेपछि हरहिसाब सार्वजनिक गरेको उनले बताए । हिसाब सार्वजनिक गर्न ढिलाइ भएको स्वीकार गर्दै उनले कोरोना महामारी तथा अन्य अभियानमा लागेकाले ढिलाइ भएको स्वीकर गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २१:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया