काठमाडाैं २७ मा ५ सय मत गन्दा स्थापितले पाए बालेनकाे भन्दा तीन गुणा बढी मत
फरकधार / ५ जेठ, २०७९

काठमाडौं महानगरपालिकाको २७ नं वडामा भने एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन् । 



साँझ ९ बजेसम्मको मतगणना अनुसार वडा नं २७ मा ५ सय मतगणना भएको छ । याे गणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत पाएका छन् । त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छन् । 

यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए।  साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मत गणना भएको छ।



पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्।  एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २१:५८:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया