रोहित उपकप्तान नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।

क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो ।

लिग २ मा नेपालले अमेरिका र स्कटल्यान्डमा शृंखला खेल्ने तालिका छ । नेपालले अमेरिकामा घरेलु टोली र संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ ।

गत डिसेम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीप लामिछानेलाई कप्तानी सुम्पिए पनि क्यानले उपकप्तानको टुंगो भने लगाउन सकेको थिएन ।यसअघि शृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान) आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २२:४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया