हेटौंडामा गठबन्धनकी मीनाले कटाइन् २० हजार मत, एमालेसँग राप्रपाका सिंहले घटाए मतान्तर

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीनाकुमारी लामाले २० हजार मत कटाएकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार ६३ हजार ५२६ मत गणना हुँदा उनले २० हजार ८१ मत पुर्याएकी हुन् । हेटौंडामा मीनाले केही दिनयता लगातार अग्रता कायमै राखेकी छन् ।
  
उनका प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले १८ हजार २७२ मत ल्याएका छन् । उनी मीनाभन्दा १ हजार ८०९ मतले पछाडि छन् ।

त्यस्तै, राप्रपाका दीपकबहादुर सिंह १७ हजार ६५० मतसहित तेस्रो स्थानमा छन् । उनी एमालेका पौडेलभन्दा ६२२ मतले मात्र पछि छन् । ६३ हजार १२४ मत गणना हुँदा सिंह पौडेलभन्दा ६३२ मतले पछाडि थिए । तर, पछिल्लो अपडेटमा उनले मतान्तर केही घटाएका छन् । 

अघिल्लो निर्वाचनमा हेटौंडाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत निर्वाचित भएका थिए । उनी कांग्रेसका आनन्द राम पराजुलीलाई हराउँदै मेयरमा निर्वाचित भएका थिए । 

सो निर्वाचनमा अहिलेकी मेयर प्रत्यासी मीना लामा उपमेयरमा विजयी भएकी थिइन् । एमाले विभाजनपछि उनले एकीकृत समाजवादी रोजिन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ८:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया