नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका प्रशान्त विष्ट निर्वाचित
फाइल फाेटाे

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनी २३ हजार ४ सय ६० मतसहित मेयरमा निर्वाचित भएका हुन् । 

विष्टका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरे । विष्ट मिश्रासँग ११ हजार ७ सय ८५ मतान्तरले विजयी भए ।

राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गरे । उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई १७ हजार ९ सय ५० मतसहित विजयी भएका छन् ।

उनकी प्रतिस्पर्धी एमालेकी शान्ति ढकालले १० हजार ९ सय १५ र राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ मत प्राप्त गरे । नेपालगञ्जका २३ वडामध्ये जसपाले ५, १३, १४, १५, २०, २२, कांग्रेसले १२, १७, १९, २१, २३, एमालेले १, ६, ७, ९, १८, माओवादीले ३, ४, ११, १६ र राप्रपाले २, ८, १० गरी ३ वडा जितेको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ९:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया