सुनसरीको दुहवी नगरपालिकाको मेयरमा कांग्रेसका गच्छदार निर्वाचित

सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बेदनारायण गच्छदार निर्वाचित भएका छन् । उनी ११ हजार ९१६ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । 

गच्छदारका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनयकुमार पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरे । उपमेयरमा पनि कांग्रेसकै मेनुका पोखरेल निर्वाचित भएकी छन् । उनी ११ हजार ४३० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन् । 

पोखरेलका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सरोजकुमार सिंहलले ५ हजार ८० मत ल्याए । यसअघिको निर्वाचनमा पनि गच्छदार नै विजयी भएका थिए । त्यो बेला उनी विजय कुमार गच्छदारको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीमा थिए ।  
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ९:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया