पर्साको जगरनागपुरमा कांग्रेस विजयी, मुख्यमन्त्री राउतकी श्रीमती तेस्रो

पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्तप्रसाद यादव र उपाध्यक्षमा बबिता सिंह विजयी भए ।

पालिका अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत प्राप्त गरे । पराजित नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए । उपाध्यक्षमा निवाृचित सिंहले ५५३१ मत ल्याइन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरादेवी कुर्मी ३३४५ मत प्राप्त गरिन् । त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा) की जलेखा खातुनले ३१२३ मत पाइन् । 
 
उनी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी पनि हुन् । उनले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन् ।  





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १०:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया