झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा १७ हजार ५२५ मतसहित मेयरमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन् । दमकमा राप्रपाका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए । एमाले भने एक्लै प्रतिस्पर्धामा थियो ।
उपमेयरतर्फ नेपाली कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरिन् ।
राप्रपाले यसअघि झापाको हल्दिबारीको अध्यक्ष र काठमाडौं शंकरापुरको मेयर पनि जितिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।