पोखरामा फराकिलो मतान्तर बनाउँदै धनराज, उपमेयरमा कोपिला र मञ्जुबीच कडा टक्कर

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार ६५ हजार मतगणना सकिँदा आचार्यले २६ हजार ६९८ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत पाएका छन् । उनी र गठबन्धनका आचार्यबीचको मतान्तर ३ हजार २७० छ ।  

उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कोपिलाले २७ हजार २८४ मत प्राप्त गर्दा मञ्जुले २७ हजार ११९ मत प्राप्त गरेकी छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ११:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया