धनगढीमाई मेयरमा एमालेका शिवशंकर र उपमेयरमा कांग्रेसकी संगीता निर्वाचित

सिराहको धनगढीमाई नगरपालिकामा नेकपा एमालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीताकुमारी चौधरी निर्वाचित भएका छन् । एमालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।

महतो कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भए । निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । 

उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धीहरू नेकपा एमालेका शोभाकुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा माओवादी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे ।

जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी कांग्रेस ६ वटा, माओवादी केन्द्रले तीनवटा, नेकपा एमालेले दुईवटा, एकीकृत समाजवादी एक, जसपा एक, जनमत एक वडामा विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १२:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया