काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका भगवान अधिकारी निर्वाचित

काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भगवान अधिकारी निर्वाचित भएका छन् । उनी ६ हजार १९ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिकारीका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित निर्वाचित भइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरला केसीले ३५७३ मत ल्याइन् । यो गाउँपालिका एमाले सांसद गोकुल बाँस्कोटा निर्वाचित भएको क्षेत्रमा पर्छ ।  
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १३:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया