सिराहाको कल्याणपुरमा कांग्रेसको गढ तोड्दै एमाले विजयी

सिराहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनी ५ हजार ८८३ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले ५ हजार ३५३ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन् । उनले ५ हजार ७३३ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले ४ हजार ५४५ मत प्राप्त गरे।

१२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएको छ । ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल निर्वाचित भएका थिए।

वडा नम्वर १, २ र १० मा जसपाका वडाध्यक्ष विजयी भएका छन् । वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्दकिशोर साह निर्वाचित भएका छन् ।

एमालेबाट वडा नम्बर ३ मा एक हजार ५८ मतसहित रामदुलार मण्डल, ४ मा नौ सय ५९ मतसहित प्रदीपकुमार यादव, ६ नम्वर वडामा तीन सय १३ मतसहित दिनेश यादव, वडा नम्वर ११ मा आठ सय २५ मतसहित परमेश्वर साह र १२ नम्बर वडामा एक हजार २ सय ७४ मतसहित दिलीपकुमार यादव विजयी भएका छन् ।

कांग्रेसका कुलदीप यादव ७ सय ९५ मतसहित वडा नम्वर ५ र वडा नम्बर ८ बाट रामकिशोर यादव सात सय तीन मतसहित विजयी भएका छन् ।



एकीकृत समाजवादीका विष्णुदेव यादव ९ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडाध्यक्ष निर्वाचित भएका छन् । जनमत पार्टीका विनोदकुमार यादव ५ सय ४ मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएका छन् ।   



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १३:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया