धनगढी उपमहानगर मतगणना अपडेट : गोपाल हमाललाई करिब १० हजार मतको अग्रता

धनगढी उपमहानगरको ताजा मत परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल झन्डै १० हजार मतले अगाडि देखिएका छन् । 

उनले १९ हजार ६२१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कां‌ग्रेसका नृपबहादुर ओडले ९ हजार ७११ मत पाएका छन् । 

हमाल र ओडबीच ९ हजार ९१० मतको फरक देखिएको छ । त्यस्तै, एमालेका रणबहादुर चन्द ४ हजार ७३४ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीको अग्रता छ । 

उनले ८ हजार ९५९ मत पाउँदा उनलाई पछ्याइरहेकी नेकपा एमालेकी कन्दकला राना ८ हजार २८७ मत ल्याएकी छन् । 

स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ५ हजार २६४ मत छ । मत गणना जारी छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १४:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया