मिथिला नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत ल्याए ।

नेकपा एकीकृत समाजवादीका सूर्य प्रसाद पुडासैनीले ३ हजार ९०३ मत पाए । यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । 

उनी ७ हजार ४१४ मतका साथ उपमेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत ल्याए । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीकी कविताकुमारी सिन्हाले ३ हजार ८६२ मत पाइन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १४:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया