विराटनगरमा नागेशको निरन्तर अग्रता, सागर ६६ सय मतले पछाडि
फाइल तस्वीर

विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार कोइरालाले ६ हजार ६१४ मतले अगाडि छन् । 

कोइरालाले २५ हजार ७४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका साग थापाको सागर थापा १९ हजार १२९ मत आएको छ ।

त्यस्तै, उमेश यादव  ७ हजार ८७६, प्रह्लाद साह ४ हजार ७७६ मत पाएका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीको अग्रता कायमै छ । उनले झन्डै १० हजार मतले अग्रता लिएकी हुन् । 

उनले २२ हजार ४१० मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले १२ हजार ६२१ मत पाएका छन् ।



तेस्रो स्थानमा रहेकी विन्दा लुइँटेलले ५ हजार ८३४ र चौथो स्थानमा रहेकी नमिता न्यौपाने ४ हजार ६१० मत ल्याएका छन् ।

यहाँ अहिलेसम्म ७८ हजार ६४६ मत गनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १६:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया