निधिको गृहपालिकामा कांग्रेसका मेयर र एमालेका उपमेयर निर्वाचित

नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पंजियार ५ हजार ५१४ मत ल्याएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजेश चौधरीले २ हजार ७५८ मत पाएका छन् । 

यस्तै उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । उनले ५ हजार ७३० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याएकी हुन् ।

त्यस्तै, लोसपाकी उर्मिला देवी मण्डलले १ हजार ९३३ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १६:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया